कानून मन्त्री पृथ्वीको सपना मन्त्री भएको महिना दिनमै यसरी चुँडियो

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सपना यति छिट्टै चकनाचुर हुन्छ भनेर सायद कसैले सोचेका पनि थिएनन् होला। सरल स्वभाव र स्पट वक्ताका रुपमा परिचित सिँह नेपाली काँग्रेसका पुराना पुस्ताका नेतामध्ये एक हुन्। नेपाली राजनीतिक इतिहासमा उनको योगदान अतुलनीय रहेको विषयमा कसैको बिमती नहोला।

जीवनको लामो संघर्ष र त्यागपछि उनी जेठ ६ गते मात्र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेशभित्र विधिको शासन र सु–शासन कायम गर्ने अठोटका साथ मन्त्रीको पदबहाली ग्रहण गरेका सिंहको त्यो सपना भने एक महिना पनि टिक्न पाएन्। पृथ्वीबहादुर सिंह पृथ्वीबाटै सदाका लागि अस्ताए। उनी एक्लै अस्ताएनन् सँगै श्रीमती अमृतीदेबी र भाउँजु जानकीदेबी सिंह पनि कहिलै नफर्कने गरी परलोक भए।  सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह मन्त्री नियुक्त भएको ३२ दिनमै यो संसारबाट विदा भए। मन्त्री सिंहसँगै उनकी धर्मपत्नी अमृतादेवी सिंहको पनि ज्यान गयो। सडक दुर्घटनामा परेका मन्त्री सिंह दम्पतीसँगै भाउजू जानकीदेवी सिंहको पनि ज्यान गएको हो। मन्त्री सिंहको परिवारमा असार ५ गते बज्रपात भएको छ। बझाङ जिल्लाले सालिन र सौम्य नेता गुमाएको छ भने सुदूरपश्चिम प्रदेश सरकारले एक जना सहयात्री गुमाउनुपरेको पीडा खेप्नुपरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *