सुरक्षा प्रहरी भर्ती गरिने

सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको हो।

योजना अनुसार एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी आवश्यक पर्ने र ती प्रहरी कति समयका लागि भर्ना गर्ने भन्ने बजेट अनुसार हुनेछ।

यसअघि निर्वाचनमा निश्चित समयका लागि खटाइने सुरक्षा जनशक्तिलाई म्यादी प्रहरी भनिँदै आएको थियो। तर यसपटकदेखि म्यादी प्रहरी नभनेर निर्वाचन सुरक्षा प्रहरी भन्ने पनि निर्णय भएको छ।

एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि समेटेर समिति बनाइएको थियो। उक्त समितिले यसअघिका निर्वाचन क्षेत्रलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएको छ। तर सबै जिल्ला सुरक्षा समितिलाई आ–आफ्नो जिल्लाको सुरक्षा योजना बनाउन  भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *