बाजुरा बस दुर्घटना : घाइते सहचालकको जोशीको मृत्यु

बाजुरामा गत शनिबार बस दुर्घटनामा परी घाइते भएका बैतडीका २७ वर्षीया सहचालक गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।

गत शनिबार बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना परी घाइते हुनुभएका जोशीलाई जिल्ला अस्पताल बाजुरामा ल्याएको थियो । उहाँलाई थप उपचारका लागि धनगढी पठाउने बेलामा गाडीमा राख्दा राख्दै उहाँको मृत्यु भएको हो ।

उहाँ सुप्र ०१००१ ख ३१८१ नम्बरको बस को सहचालक हुनुहुन्थयो । सो बस हिजो कोल्टीदेखि मार्तडी हुँदै धनगढी जाँदै गरेका बेला दुर्गघना हुँदा उहाँ घाइते हुनुभएको थियो । बस सडकमै पल्टिँदा उहाँ लगायत अन्य ६ जना समेत घाइते भएका थिए ।

घाइते छ जनालाई थप उपचारका लागि कैलालीको नवजिवन अस्पतालमा लगिएको छ । उहाँहरुको अहिले उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सामान्य रहेको सुदूरपश्चिम यातायात बाजुराका उद्धार समिति सदस्य रामचन्द्र गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मृतक सहचालकलाई पनि थप उपचारका लागि धनगढी पठाउने तयारी भइरहेको थियो । गौमुलदेखि एम्बुलेन्स बोलाएका थियौँ । एम्बुलेन्स आएर उहाँलाई गाडीमा राख्दा त्यतिजेन्ल उहाँको मृत्यु भएको हो ।”

अहिले उहाँको काजजात मिलाउनका लागि हामी उद्धार समिति तथा अन्य बस व्यवसायी समेत जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालय बाजुरामा जाँदै छु । साथै उहाँको शव अहिले पोष्मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको गिरीले बताउनुभयो ।

बस दुर्घटनामा बडिमालिका –७ का ४२ वर्षीया शङ्रराज सार्की ३२ वर्षीया जयराज जैशी, बुढीनन्दा –१ का ५३ वर्षीया सेते लुहार ५३ वर्षीया जङ्गबीर सार्की र ४४ वर्षीया जयलाल विक र गौमुल गाउँपालिका –६ का २१ वर्षीया चालक तुलाराम सार्की घाइते हुनुभएको थियो । उहाँको थप उपचारका लागि कैलालीको नवजिवन अस्पतालमा लिएको र उहाँहरुको अहिले त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगन भाटले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *