मादकपदार्थ सेवन गर्ने १०४ जनालाई कारबाही, ६३ हजार जरिबाना असुल

सुदूरपश्चिममा तीव्र गतिका कारण १२ वटा सवारी दुर्घटना

धनगढीः गत असोज २९ गते राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना भयो।

पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको रात्रि बस दुर्घटना दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको भयो भने ११ जना घाइते भए। सुदूरपश्चिम प्रदेशमा दशैँको फूलपातीदेखि कार्तिक १ गतेसम्म १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। सो अवधिमा ९ पुरुष, तीन महिला र एक बालकको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो।  प्रदेश प्रहरीको प्रतिवेदन अनुसार दशैँको अवधिमा दुर्घटनामा परेका २७ वटा सवारीमा सवार ३१ जना गम्भिर र १४ जना सामान्य घाइते भएका छन्। प्रदेशमा दशैँको अवधिमा ४५ जना सवारी दुर्घटनामा परेर घाइते भएका हुन्। सो अवधिमा २५ पुरुष, तीन÷तीन महिला र बालिका गम्भिर घाइते भएका छन्। ८ जना पुरुष र ६ महिला सामान्य घाइते भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *