धनगढीः नेपाल आयल निगम, धनगढी डिपोमा तिहारको समयमा १३ ट्याङ्कर पेट्रोल सात दिनसम्म खडा रह्यो। डिपोमा सात दिन १३ ट्याङ्कर पेट्रोल थियो भने बजारमा तिहारको अवधिमा पेट्रोल र डिजेलको हाहाकार थियो। पेट्रोल पम्प सञ्चालकहरूले आयल निगमको धनगढी डिपोबाट पेट्रोल र डिजेल खरिद नगर्दा तिहारदेखि आइतवार दिउँसो १ बजेसम्म बजारमा पेट्रोल डिजेलको अभाव यथावत् छ
ट्याङ्कर व्यवसायी संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनिराम पाण्डेयले आयल निगम धनगढी डिपोमा पेट्रोल डिजेलको अभाव नरहेको बताए। पाण्डेले हरेक दिन भारतबाट पेट्रोल र डिजेलको ढुवानी भइरहेको बताए। ‘बिचमा छुट्टी भयो। तेल घट्छ भनेर डिलरहरूले उठाइदिएन। आज १३ गाडी पेट्रोल आउँदैछ। बिलिङ भइसक्यो, १३ गाडी पेट्रोल र १९ गाडी डिजेलको,’ उनले भने, ‘पहिला पनि १३ गाडी स्टकमा थियो। तेल घट्छ भनेर डिलरहरूले तेल उठाइदिएनन तिहारको समयमा डिपोम तेल हुँदाहुँदै डिलरहरूले इन्धनको मूल्य घट्ने सोचेर खरिद गर्न नमान्दा तिहारको सात दिनसम्म लोड ट्याङ्करहरू आयल निगम धनगढी डिपोमा थन्किएको पाण्डेको भनाइ छ। हरेक पन्ध्र दिनमा इन्डियन आयल निगमबाट नयाँ मूल्य सूची आउने गर्छ। मूल्य घट्ने ठानेर डिलरहरूले तेल उठाउन नमानेको तर्क पाण्डेको छ। हरेक दिन भारतबाट धनगढीमा इन्धन आइरहेकाले आयात नभएर अभाव नभएको पाण्डेले बताए। उनले भने, ‘१५/१५ दिनमा भारतमा मूल्य परिवर्तन हुन्छ। त्यही भएर तिनीहरूले नउठाएका हुन् धनगढीमा दैनिक ६ ट्याङ्कर पेट्रोल खपत हुने गरेको छ। दैनिक इन्धनको आपूर्ति भइरहे पनि डिलरहरूले मूल्य घट्न सक्ने अनुमानमा पेट्रोल र डिजेल डिपोबाट नउठाउँदा बजारमा इन्धनको अभाव हुने गरेको छ। मूल्य घटेर आए घाटा लाग्ने ठानेर डिपोहरूले नयाँ मूल्य सूची आउने समय हरेक महिनाको १ र १५ तारेख आसपासमा इन्धन खरिद गर्दैनन्। जसको प्रत्यक्ष असर बजारमा पर्छ। बजारमा माग र आपूर्तिमा तालमेल नमिल्दा १ र १५ तारिख आसपासमा उपभोक्ताले पेट्रोल र डिजेल खरिद गर्न समस्या हुने गरेको छ

















Leave a Reply