महिला र किशोरीमा पोषणको कमी

सो अवसरमा सामाजिक विकास मन्त्रालयका जयन्ती गिरीले विभेद अन्त्य गर्ने सम्बन्धी महासम्धीको अवस्था चर्चा गरेका थियो

धनगढी । सुदूरपश्चिम प्रदेशमा महिला तथा किशोरीको पोषणको अवस्था गम्भीर रहेको औँल्याइएको छ । शनिबार धनगढीमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने सम्बन्धी महासम्धी (सिड) समितिमा महिला तथा किशोरीको खाद्य र पोषणको सवाल केन्द्रित सातौँ आवधिक छाया प्रतिवेदन तयार सम्बन्धमा प्रदेश स्तरीय कार्यशालामा बोल्दै प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष थापाले लक्षित पक्षका हितका लागि सरकारबाट काम गराउन घिच्च्याउने बताए  । उनले महिला र किशोरीका सवालमा काम गर्न बजेट बढाउन समेत आफूहरूले प्रयास गरेको चर्चा गर्दे बजेट बनाउँदा लैङ्गिक दृष्टिकोणले पनि हेर्न जरुरी भएको बताए । अर्का प्रदेश सभा सदस्य टीका थापाले बाजुराको मुक्तीकोटमा मात्र होइन कैलाली जस्ता सुगम ठाउँमा समेत महिला र किशोरीले पोषण नपाएको बताए । उनले पछाडि परेको वर्ग समुदायमा मात्र होइन हुने खाने परिवारमा पनि पोषण बारे जानकारी नरहेको बताउँदै पोषण बारे चेतनामूलक शिक्षा दिन जरुरी भएको बताए ।

सो अवसरमा सामाजिक विकास मन्त्रालयका जयन्ती गिरीले विभेद अन्त्य गर्ने सम्बन्धी महासम्धीको अवस्था चर्चा गरेका थियो ।

फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहले अहिलेको अवस्था के छ अब प्रदेश सरकारले के गर्न आवश्यक छ भन्ने हिसाबले कार्यशाला आयोजना गरेको बताए । उहाँका अनुसार सुदूरपश्चिममा एचआइभी भएकाबाट जन्मेका बालबालिका, पिछडिएको क्षेत्र, गरिब, दलित, मुक्त कमैया, हलिया, भूमिहीन र अभिभावक गुमाएका बालबालिका खाद्य तथा पोषणबाट बढी जोखिममा छन् ।

कार्यक्रममा नेपाल सरकारले पोषण सम्बन्धी विभिन्न कार्यक्रमहरू ल्याएको भएपनि गाउँबस्तीमा प्रभावकारी ढङ्गले लागु नभएको पनि बताइएको छ । कार्यक्रम फियानका केन्द्रीय सचिव मदन जैसीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *