सुदुरपश्चिम परदेश ९ वटै जिल्ला का उमेद्दुवार ले आफ्नो उमेद्दुवारी फिर्ता गरेका छन्
धनगढी :- देशमा आगामी फागुन २१ गतेकालागि संसदीय चुनावको घोषणा गरिएको छ । के पुरानै संविधान र पुरानै व्यवस्थाका लागि पछिल्लो
७६ जनाको बलिदान भएको हो ? के उही भ्रष्टाचार, उही बेरोजगारी, उही राष्ट्रघात, उही कुशासनलाई निरन्तरता दिन सिंहदरबारमा आगो
लगाईएको हो ? के विगतको मिटरव्याज, लघुबित्त र बैंकीङ शोषण कायम गर्न बिआईसीसीमा आगो लगाएको हो
उम्मेदवार मित्र,
यो परिस्थितिबाट आजित नेपाली जनताले पुराना नेताहरुको स्थानमा स्वभाविक रुपमा नयाँ नेतृत्वको माग गरीरहेका छन् । बुढाहरुको
ठाउँमा युवाको माग गरेका छन् । परन्तु देशको राजनीतिक व्यवस्था पुरानै रहँदासम्म नयाँ नेतृत्व युवा, बृद्ध या जतिसुकै इमान्दार, कर्मशील र
महत्वाकांक्षी भएपनि सरकारमा पुगेपछि त्यो जनविरोधी हुनेछ र त्यो जनप्रतिनीधि नभएर विदेशी एकाधिकार पूँजीपति वर्गको माफिया हुनेछ ।
देशमा विद्यमान यो परिस्थिति बदल्न सम्भव छ । तर, यही व्यवस्था भित्र व्यक्ति परिवर्तन गरेर सम्भव छैन, वर्तमान दलाल पूँजीवादी व्यवस्थामा
आमुल परिवर्तन गरेर मात्र सम्भव हुनेछ । तसर्थ हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नेपालको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन
सुनिश्चित गर्ने संविधान बनाएर मात्र चुनाव गर्न यथास्थितिमा हुन गईरहेको आसन्न संसदीय चुनाव शान्तिपूर्ण तरिकाले खारेज गर्ने अभियानमा
सहभागी हुन र जनसंविधानकालागि वर्तमान सरकार विघटन गरी स्वाधीन संयुक्त सरकार गठन गर्ने दवाव सिर्जना गर्न सम्पूर्ण देशभक्त,
जनवादी, प्रगतिशील एवम् क्रान्तिकारी जनतामा हार्दिक अपिल गर्दछ । यो ऐतिहासिक जिम्मेवारी बहन गर्न यहाँले आफ्नो उम्मेदवारी फिर्ता
लिन हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।


















Leave a Reply