सुदूरपश्चिममा तीव्र गतिका कारण १२ वटा सवारी दुर्घटना
धनगढीः गत असोज २९ गते राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना भयो।
पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको रात्रि बस दुर्घटना दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको भयो भने ११ जना घाइते भए। सुदूरपश्चिम प्रदेशमा दशैँको फूलपातीदेखि कार्तिक १ गतेसम्म १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। सो अवधिमा ९ पुरुष, तीन महिला र एक बालकको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो। प्रदेश प्रहरीको प्रतिवेदन अनुसार दशैँको अवधिमा दुर्घटनामा परेका २७ वटा सवारीमा सवार ३१ जना गम्भिर र १४ जना सामान्य घाइते भएका छन्। प्रदेशमा दशैँको अवधिमा ४५ जना सवारी दुर्घटनामा परेर घाइते भएका हुन्। सो अवधिमा २५ पुरुष, तीन÷तीन महिला र बालिका गम्भिर घाइते भएका छन्। ८ जना पुरुष र ६ महिला सामान्य घाइते भएका छन्।

















Leave a Reply