धनगढीः सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण मंगलबार साँझदेखि हुने भनिएको मतदान तालिका हेरफेर भई बुधबार दिउँसोसम्मका लागि सारिएको छ। आइतबार अधिवेशन सुरु भएदेखि प्रदेशका शीर्ष नेता कर्णबहादुर थापा र दामोदर भण्डारीको समूहमा बेग्लाबेग्लै उम्मेदवार खडा भए पनि मंगलबार साँझ दुवै समूह मिलेर साझा उम्मेदवार तय गरेको विषय बाहिर आएको छ अध्यक्ष पदमा थापाले अघि सारेका उम्मेदवार कृष्णप्रसाद जैसीलाई भण्डारी समूहले समर्थन गर्ने र भण्डारी समूहले अध्यक्ष पदमा अघि सारेका कमल तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराएर अन्य पदाधिकारी भण्डारी समूहले लिने प्रारम्भिक समझदारी भएको दुवै पक्षका कार्यकर्ताहरूले बताएका छन्।
एमाले सुदूरपश्चिममा सहमतिको अन्तिम प्रयास, भीम रावलविरुद्ध एकजुट

















Leave a Reply