कैलालीमा ३० हजार कित्ताको लगत संकलन, कहिले हुन्छ लालपुर्जा वितरण ?

कैलालीका १३ वटै स्थानीय तहमा भूमिहिन, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि काम जारी छ।                              जिल्लाको धनगढी उप–महानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका, लम्कीचुहाँ नगरपालिका, गोदवारी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका लगायतमा जग्गाको नामजाँच हुँदैछ। जिल्लाका १३ वटै स्थानीय तहमा ३० हजार कित्ताको नामचाँज गरिएको छ। भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले कैलालीमा ३० हजार कित्ताको काम पूरा भएको बताए। उनले भने, ‘पालिकाले क्षेत्र निर्धारण गर्नुपर्छ, त्यो गरेको छैन। क्षेत्र निर्धारण गरेपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *