थारु चलचित्रका हस्ती परशुरामको पोर्चुगलमा निधन

कैलालीः थारु चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा शुक्रबार निधन भएको छ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो। अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको बताएको छ। चर्चित बृत चित्र कमैयामा चौधरीले प्रमुख पात्रका रुपमा भूमिका निर्बाह गरेका थिए।

चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए। अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए। धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी २०११मा युरोप गएका थिए।

केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए। उनकी आमा, दुई पत्नी र तीन छोरी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *