चाडपर्वलाई लक्षित गरेर कैलालीमा एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन

दशैंबाट सुरु भएको चाडपर्व लक्षित सुरक्षा योजना छठ पर्वसम्म लागु रहनेछ। तिहार र छठमा जिल्लाको शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले थप ९९ स्थानमा प्रहरी ड्युटी खटाएको छ। त्यस्तै, राजमार्गमा १३ ठाउँमा अतिरिक्त राजमार्ग सुरक्षा चेकजाँच राखेको जिल्ला प्रहरी कार्याल्य कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए  कैलाली जिल्लामा नियमित ड्युटीका अतिरिक्त थप ९९ स्थान र १३ स्थानमा राजमार्ग सुरक्षापोष्ट राखिएको छ’, उनले भने, ‘दशैंदेखि तिहार र छठसम्म नै सुरक्षाका लागि मोबाइल गस्ती र मोटरसाइकल गस्ती पनि बढाइएको छ।’ तिहार र छठमा प्रहरीको नियमित गस्तीको संख्या पनि थप गरिएको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *