हिन्दुहरुको महान पर्व विजया दशमी सकिएसंगै कार्यस्थलमा फर्कने बढेका छन् । दशैंको टीका थाप्न गाउँ गएका कर्मचारी तथा रोजगारदाताहरु कार्यस्थल फर्केका हुन्
दशैं सकिएसंगै सुनसान बनेको प्रदेशका सदरमुकामहरुमा चहलपहल बढेको जनाइएको छ । प्रदेशको सबैभन्दा ठुलो शहर कैलालीको धनगढीमा फर्कने क्रम बढेसंगै चहल पहल बढेको छ ।
अहिले कैलालीबाट काठमाडौं जाने तथा प्रदेशका पहाडि जिल्लाबाट धनगढी आउने बसहरुको आवतजावत बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दार्चुलाबाट धनगढी आउदै गरेका गोबिन्द मिश्रले गाउँघरमा आफन्तहरुसँग भेटघाट गरी कर्मथलो फर्केको बताए । उनले भने—सुरुमा त धनगढी आउने सवारी साधन पाउनै मुस्किल छ । यदी पाईहालियो भने पनि एकदमै भिड हुन्छ । अन्य दिनहरुको जस्तो गाउँघर जाँदा आउँदाको भन्दा यो यात्रा बेग्लै भयो किनकी म आएको बसमा यात्रुहरु भरीभराउ भएकाले यात्रामा खासै सहज महशुस भएन दार्चुलाको सदरमुकाम खलंगा र दोस्रो ठुलो बजार गोकुलेश्वरबाट पनि धनगढी आउने बसहरुमा यात्रुहरु बढी हुँदा महेन्द्रनगर र काठमाण्डौँको बसमा चढेर समेत धनगढी आउन लागेका यात्रु भरत सामन्त बताए उभिएरै लामो यात्रा गर्नुपर्ने बाध्यता आएको डोटीबाट धनगढी आउँदै गरेका यात्रु शिबेन्द्र बिकले बताए । पहाडबाट तराई आउँने बसहरुमा सिट पाउनै मुस्किल भईरहेको उनको गुनासो थियो ।
आवश्यकत्ता अनुसार लामो दुरीको यातायातका सवारी साधनको संख्या कम भएकाले तराई फर्किने यात्रुहरुको संख्या बढेकाले यात्रुहरुले बढी भाडा तिरेर भएपनि आउनु पर्ने बाध्यता रहेको यात्रु निर्मला रावलले बताईन् पहाडी जिल्लाहरु डोटी, डडेल्धुरा, अछाम, बझाड, बाजुरा, बैतडी र दार्चुलाबाट आउने यात्रुहरुको चप निकै बढिरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट पढाईको सिलसिलामा धनगढी आएकाहरु दशै दिपावलीको बिदामा घरमै रहेका बिद्यार्थीहरु नियमित बिद्यालय खुलेपछि शहरी क्षेत्रमा जनसंख्या ह्वात्तै बढ्ने गरेको छ पहाडी जिल्लाहरुबाट तराई आउने सवारी साधन तथा यात्रुहरुकाें चाप निकै बढेको यातायात व्यवसायीहरुले बताएका छन् दशै मनाउन गाउँघर तथा जन्मथलो गएकाहरु धनगढी फर्किने क्रम जारी छ ।
Leave a Reply