धनगढीः सुदूरपश्चिम प्रदेशिभित्र निर्माणाधिन अवस्थामा रहेका सडकमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ।
सोमवार संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका केहि सडकहरुलाई समावेश गरिएको छ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेशभित्रका सडक निर्माणका लागि भन्दै एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ। संघीय सरकारले महाकाली कोरिडोरको बम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि ४५ करोड विनियोजन गरिएको छ।
त्यस्तै दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिको लागि ३० करोड बजेट विनियोजन गरिएको छ भने मोहना–अत्तरिया ६ लेन सडक खण्डको बाँकी कार्य सम्पन्न गरिने उल्लेख छ। संघीय सरकारले सुदूरपश्चिममा वर्षौदेखि निर्माणधिन तर सम्पन्न हुने कुनै टुंगो नभएका सडकमा आगामी आर्थिक वर्षका लागि पनि बजेट विनियोजन गरेको भए पनि बाँकी पूर्वाधार विकासमा भने बजेट विनियोजन गरिएको छैन्।
Leave a Reply