नागरिक उन्मुक्तिले रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ।

बिहीवार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारमा दुई जनालाई पठाउने निर्णय गरेको हो।

संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए। टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ। रामेश्वर पूर्व दल नेता र लक्ष्मणकिशोर निवर्तमान प्रमुख सचेतक हुन्। उनीहरुलाई मन्त्री बनाउन पद्बाट हटाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *