कैलालीका ६ गाउँपालिकामा आर्थिक अनियमितता, सबैभन्दा बढी जानकीमा

कैलालीका ६ गाउँपालिकामा  आर्थिक अनियमितता बढ्दै गएको देखिएको छ। कैलालीमा कुल १३ पालिकामध्ये ७ नगरपालिका र ६ वटा गाउँपलिका छन्। महालेखा परिक्षकको पछिल्लो सार्वजनिक प्रतिवेदन अनुसार जिल्लाका ६ वटा गाउँपालिकाको बेरुजु बढ्दै गएको उल्लेख छ। सबैभन्दा बढी बेरुजु जानकी गाउँपाकिामा देखिएको छ।
कैलारी गाउँपालिका  
कैलालीको कैलारी गाउँपालिकाको बेरुजु ३ करोड ३५ लाख ६७ हजार देखिएको छ। २०७८÷१२÷१० मा प्रतिक्रियाबाट १४ लाख ८४ हजार फर्छौट भई असलु गनुपर्ने १ करोड ३२ लाख ५८ हजार, प्रमाण कागजी पेश गर्नुपर्ने १ करोड ९ लाख, नियमित गर्नुपर्ने ७१ लाख १० हजार र पेश्की ८ लाख १५ हजार बाँकी रहेको छ। पालिकाको गत वर्षसम्म ६ करोड ४ लाख ८२ हजार बेरुजु बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फछ्योट एंव यो वर्ष कायम भएको समेत हालसम्मको अद्यावधिक बरुेजु ९ करोड १७ लाख २ हजार रहेको छ।

चुरे गाउँपालिका  
जिल्लाको चुरे गाउँपालिकाको पनि बेरुजु रकम वर्षेनि बढ्दै गएको देखिएको छ। सो पालिकामा ३ करोड ५६ लाख ५९ हजार बरुेजु देखिएको छ। असलु गर्नुपर्ने ६३ लाख १७ हजार प्रमाण कागजात पेश गनृुपर्ने २ करोड ५६ हजार नियमित गर्नुपर्ने ८८ लाख ६८ हजार र पेश्की ४ लाख १७ हजार बाँकी रहेको छ। पालिकाको गत वर्षसम्म ५ करोड ८३ लाख १३ हजार बेरुजु बाँकी रहेकोमा समायोजन र सम्परीक्षणबाट यो वर्ष कायम भएको समेत गरी हालसम्मको अद्यावधिक बेरुजु ८ करोड ७२ लाख ४७ हजार देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *