कैलाली बहुमुखी क्याम्पसले पहिलो पटक धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्दै

धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी)ले प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको केएमसीले बिहीबार पत्रकार सम्मेलन गरी यही चैत १८ र १९ गते हुने सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।

सम्मेलनमा मुलुकभरका प्राध्यापक तथा उप–प्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्ने केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले बताए । उनका अनुसार सम्मेलनमा ६२ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति राख्नेछन् । जसका लागि देश तथा विदेशबाट गरे ७६ जनाको दावी परेको थियो । त्यसमध्ये ६२ जनाले आफ्नो प्रस्तुति राख्न पाउनेछन् ।

सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालयबाट ६२ जनाले आफ्नो प्रस्तुति राख्नेछन् ।

सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालय बाट ६२ जनाले आफ्नो प्रस्तुति राख्नेछन् । राष्ट्रिय सम्मेलन क्याम्पसमै हुनेछ ।

कैलाली बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक सुदूरपश्चिममा सम्मेलन हुन लागेको हो । सम्मेलनमा शिक्षा, व्यावस्थापन, विज्ञान र समाज गरि चार वटा विधालाई समेटिएको छ ।

सम्मेलनले देश विदेशका अनुसन्धानकर्ताहरुले समाजमा लुकेर रहेका कुरालाई बाहिर ल्याउन सहयोग पुग्ने प्राध्यापक डा. राजेन्द्रविर चन्दले विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिममै पहिलो पटक अनुसन्धानमा आधारित सम्मेलन हुन लागेको हुँदा यहाँका नागरिकहरुलाई सहभागी भएर जानकारी लिन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *