तारानगरको एक घरमा चट्याङले क्षति

धनगढी । चट्याङ परेर धनगढीको एक घरमा क्षति पुगेको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरको एक घरमा चट्याङले क्षति गरेको हो।

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुन्नानारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेर आज आंशिक क्षति भएको छ। घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको बताइएको छ। घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको उनले बताए।

यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा ०१–०२६च ५१०८ नम्बरको कार र से ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको छ। मानविय क्षती भने भएको छैन्। ‘आज विहान ७ बजे चिया खाइरहेका थियो, एक्कासी ठुलो आवाज आयो, बरण्डामा भएको मिटर झ्याम्मै गयो, आगोको झिल्को आयो, बाहिर आएर हेर्दा त धेरै क्षति भएको रहेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *