काठमाडौं: नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज बिहिबार यूएईसँग खेल्दैछ। सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ।
समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ। नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ। नेपाल २०१६ पछि यू–१९ विश्वकप खेल्ने सोचमा हुनेछ।
यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ। मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो। नेपाली टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा , दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द
Leave a Reply