बन्दुकधारीहरुबाट मेस्सीलाई धम्कीको पत्र

एजेन्सीः बन्दुकधारीहरूले पेरिस सेन्ट जर्मेन(पीएसजी)का फरवार्ड लियोनल मेसीलाई धम्कीपूर्ण सन्देश दिएका छन्।

अर्जेन्टिनास्थित रोजारियोमा रहेको उनको ससुरालीको सुपरमार्केटमा आक्रमण गरेपछि बन्दुकधारीहरुले धम्कीपूर्ण सन्देश छोडेको रोजारियो प्रहरीले बिहीबार पुष्टि गरेको छ। एक मोटरसाइकलमा आएका दुई व्यक्तिले बिहीबार बिहानै रोजारियोको लाभाले जिल्लामा रहेको खाद्य स्टोर ‘युनिको’को शटर र अगाडिको ढोकामा चौध गोली चलाएको बताइएको छ।

उक्त आक्रमणमा कसैलाई पनि चोटक नलागेको बताइएका् छ। आक्रमणकारीहरूले देशको तेस्रो ठूलो शहर रोजारियोमा किन मेसी वा उनकी श्रीमती एन्टोनेलाको परिवारको सुपरमार्केटलाई लक्षित गरे भन्ने बारे केहि प्रस्ट भने भएको छैन। बिहीबारको घटनापछि, जाभकिनले पत्रकारहरूसँग रोसारियोमा हिंसा बढेको र सहरमा प्रहरीको अभाव र सुरक्षाको अभावबारे बताएका छन्।

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो। विश्वकपका गोल्डेन बल विजेता मेसी गत सोमबार फिफा वर्ष खेलाडी घोषित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *