तीन लाख मुल्य बराबरका अवैध सामान बरामद

बिशेष सुराकीको आधारमा प्रहरी टोलीले विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल  समेत बरामद गरेको जनाएको छ।

कञ्चनपुरबाट प्रहरीले करिब तीन लाख मुल्य बराबरका अवैध सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ४ चमनचोकबाट आज विहान भन्सार छलीका सामान बरामद गरिएको हो

बिशेष सुराकीको आधारमा प्रहरी टोलीले विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल  समेत बरामद गरेको जनाएको छ।  करिब दुई लाख ८४ हजार हजार दुईसय ३० मुल्य बराबरका अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ ।

भन्साल छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *