डोटीको शिव शिखरका कर्मचारी दुई महिनादेखि संम्पर्क विहीन

धनगढीः डोटी जिल्लामा रहेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई कानुनी दायरामा ल्याउनका निमित्त सङ्घर्ष समिति गठन गरिएको छ।

बुधवार दिपायलमा रहेको बर्सा होटेलको सभा हलमा व्यवसायीहरुको एक भेलाबाट ११ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ। डोटी चेम्बर अफ कमर्सको मुख्य पहलमा गठन गरिएको समितिको संयोजकमा डोटी चेम्बर अफ कमर्स रहेको छ भने सदस्यहरूमा डोटी उद्योग वाणिज्य सङ्घका सदस्य रहेका छन्।

दिपायल सिलगढी नगरपालिका स्थित शिव शिखर बहुउदेश्यीय  सहकारी संस्था लिमिटेडका कर्मचारी करिब दुई महिना देखी कार्यालय बन्द गरेर सम्पर्क विहीन भएपछि सहकारीलाई संम्पर्कमा ल्याउन तथा  आवश्यक कारबाहीका लागि पहल गर्न समिति गठन गरिएको डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *