श्रीमतीलाई उपप्रधानमन्त्री, टिकापुरलाई जिल्ला घोषणा गर्नः रेशमको माग

कैलालीः नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आठ दलीय गठबन्धनभित्र ८ वटा माग अगाडि सारेको छ।

गरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका हुन्। आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेटेका थिए। रेशमलाई डिल्लीबजार कारागारमा पुगेका पौडेलसमक्ष उनले ८ वटा माग राखेका नाउपाका एक नेताले बताए।

रेशमले सरकारमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पठाउने सोच बनाएको पाइन्छ। रञ्जिता रेशमकी श्रीमती पनि हुन्। ती नेताका अनुसार लुम्बिनीमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री नाउपाले दाबी गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *