लिग–२ मा नेपाल यूएईसँग ६९रनले पराजित

काठमाडौँः आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ।

बिहीबार भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो। नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले। त्यस्तै सन्दीप लामिछानेले २५ रन बनाउँदा आसिफ शेखले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाएको थियो। यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए।

यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए। यो जितसँगै यूएईले ३० खेलमा ३१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ। नेपाल २८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *