त्रिकोणात्मक सिरिज : नेपाल र यूएई खेल्दै

काठमाडौं: यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज बिहिबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ। यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो। नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुदैछ।

स सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो। यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थिया। ईतिहास हेर्ने हो भने नेपालभन्दा यूएई बलियो देखिएपनि अहिलेको स्थितीमा नेपाल लगातार जित हात पारी रहेको छ।

उता, यूएई भने खराब लयमा रहेको छ। लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ। पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो। २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।

अब नेपालले लिग २ का बाँकी सबै सात खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ। नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ। नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ। सोझै विश्वकप छनोट खेल्न अब नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ। यी तीन देशमध्ये एकले सोझै छनोटमा स्थान बनाउनेछ।

पुछारका चार टोलीले नामिबियामा मार्च–अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ। प्लेअफ क्वालिफायरमा लिग टू का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन्। जसबाट शीर्ष दुई टोलीले आईसीसी एकदिवसीय बिश्वकप छनोट खेल्न पाउनेछन्। नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ।

नेपाल अंक तालिकाको छैटौं स्थानमा छ। मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ। नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र सन्दीप लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *