काठमाडौँः खाना पकाउने एलपीजी ग्यासमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा हुने भएको छ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई प्रतिसिलिन्डर एलपीजी ग्यासमै ६३५ रुपैयाँ घाटा हुने भएको हो। आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ।
यससँगै एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ। यसअघि खाना पकाउने एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २ हजार ९६ रुपैयाँ थियो। यो मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा थियो।
तर, आज प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई सिलिन्डरमा ६३५ रुपैयाँ घाटा हुने भएको हो। निगमले उपभोक्तालाई एलपीजी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ।
Leave a Reply