डोटीमा कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

डोटीमा कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गएको हो  पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्

उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *