सुन तस्करी प्रकरणः मुद्दा अदालतमा गए पनि सीआईबीले अनुसन्धान नरोक्ने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ

सात वटा कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एउटा कम्पनीबाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिए ।

सीआईबीले हिजो आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एकरदुई दिनमै मुद्दा अदालत जाँदै छ । सात कम्पनीबाट तीन सय ६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म ६० किलो सात सय १६ ग्राम मात्रै सुन बरामद भएको छ ।

बाँकी सुन तस्करले गन्तव्यमा पुर्याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि अनुसन्धान जारी राखेको सीआईबीले जानकारी दिएको छ । नयाँ तथ्य फेला पारेपछि पूरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २३ नेपाली र नौ  विदेशी नागरिक छन् । १८ जना फरार छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *