कञ्चनपुरको अतिक्रमण गरिएको दशगजा क्षेत्र खाली गर्न थालिएको छ। जिल्लास्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा गरिएको अतिक्रमण हटाउन थालिएको हो।
दोधारा चाँदनी नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। भारतसँग सीमा जोडिएको दोधारा चाँदनी–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको उनले बताए।
पहिलो दिन आज डेढ किलोमिटर क्षेत्र खाली गरिएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारतको सीमा सुरक्षा बल (एसएसबी) र जनप्रतिनिधि लगायतको समन्वयमा संयुक्तरूपमा दशगजाको अतिक्रमण खाली गर्न थालिएको हो। सीमा स्तम्भदेखि १० गज दायाँ र १० गज बाँया संरचनाहरु निर्माण गर्न पाइदैन्।
दोधारा चाँदनीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाको दशगजा क्षेत्रमा लामो समयदेखि नेपाल र भारत दुवैतर्फ खेतीपाती गरिएको छ। पहिलो दिन दोधारा चाँदनी–३ बडुवाल टोलस्थित मुख्य सीमास्तम्भ आठ सयदेखि सहायक स्तम्भ नम्बर आठ÷चारसम्मको क्षेत्र खाली गरिएको छ। उक्त कार्यमा सुरक्षाकर्मीसँगै नगरपालिकाका सर्भेक्षक समेत खटिएका छन्। कञ्चनपुरमा एक सय २९ दशमलव पाँच किलोमिटर सीमा भारतसँग जोडिएको छ ।



















Leave a Reply