सुदूरपश्चिम विश्वविधालयको तेस्रो दिक्षित समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने बताएका हुन ।
सुदूरपश्चिम विश्वविधालयको तेस्रो दिक्षित समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने बताएका हुन ।
साथी हो, सपना देख्नुहोस् । मैले पनि आज तपाईहरुलाई भन्छु– तपाईहरु सपना देख्नुहोस् । त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हुनेछ । सुन्दर सुखी नेपालीको सपना हुनेछ । कुनै बेला म तपाईहरूजस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दथेँ उनले भने त्यतिखेर एकातिर परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने सपना हुन्थ्यो । तर बिस्तारै मैले अन्याय, गरिबी, शोषण, विभेदको अन्त्य गर्ने सपना देख्न थालेँ । कोही ठूलो कोही सानो, कसैले पढ्न पाउने, कसैले भर्ना हुन पनि नसक्ने, कोही उपचार नपाएर मर्ने, कतै जातीय, कतै लैंगिक विभेद, यस्तो समाज परिवर्तन गर्ने सपना देखेर म परिवर्तनको लामो र कठिन यात्रामा होमिएँ । आज मैले देखेको सपना कति पूरा भयो या भएन, त्यसको समीक्षा इतिहासले गर्ला । तर कहिलेकाहिँ लाग्छ, त्यतिखेर हामीले परिवर्तनको ती सपना नदेखेको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न सक्दैनथ्यौं कि रु अझ भनौं, यति सजिलै यही विश्वविद्यालय पनि स्थापना गर्न सक्थ्यौं या सक्दैनथ्यौं ?
उनले राजनीतिक उपलब्धि प्राप्त गरेपछि पनि सपना देख्न नछोडेको बताए । मैले बारम्बार भन्ने गरेको छु, मेरो
म अहिले यही सपनाका लागि अहोरात्र भूमिका निर्वाह गरिरहेको छु । अब यो सपनामा तपाईहरुको साथ चाहिन्छ, यहाँहरुको सपना जोडिनुपर्छ उनले भने ।




















Leave a Reply