लघुवित्तिय संस्थाको ज्यादतिविरुद्ध प्रशासनमा रिले अनसन

लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, केन्द्रिय समितिले २१ गतेदेखि शुरु गरेको प्रदर्शन बिहिबार पनि जारी राखेको हो धनगढी । लघुवित्तय संस्थाहरुको ज्यादतिविरुद्ध कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन गर्दै विरोध प्रदर्शन जारी रहेको छ ।
लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, केन्द्रिय समितिले २१ गतेदेखि शुरु गरेको प्रदर्शन बिहिबार पनि जारी राखेको हो

नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्था खारेज हुनुपर्ने, लघुवित्त संस्थाहरुद्धारा लगाइएका सामुहिक ऋण मिनाह गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशूल्क ऋण प्रदान गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका नारासहित उनीहरुले प्रशासनमा अनिश्चितकालिन रिले अनसन जारी राखेको घोडाघोडी नगरपालिकाका मणीप्रसाद चौलागाईले बताए । उनले भने –‘लघुवित्तबाट पटक–पटक पिडा पाईरहदा समेत सरकारले सुनुवाई गर्न सकेको छैन्  । त्यसैले हामी प्रशासन अगाडि अनसन गर्न बाँध्य भएका हौं ।’ उनले यसविषयमा सरकारले निकास नदिए आन्दोलन थप चर्काउने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *