काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्न पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गरिरहेको दाबी पनि गरेका छन्। प्रधानमन्त्री दाहालले पुँजीगत खर्च समयमा हुन नसक्दा विकास निर्माणको कार्य पछाडि पार्ने मात्र नभई अर्थतन्त्रमा बहुआयामिक असर पार्ने उल्लेख गरे।

उनले संघ, प्रदेश र स्थानीय गरी ३ वटै तहको सरकारलाई पुँजीगत खर्चलाई तीव्रता दिन आग्रह गरे। उनले सरकारले गर्ने विकास निर्माणका कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक रहेको पनि बताए। सरकारले आगामी बजेट, नीति तथा कार्यक्रम बनाउँदा गुणात्मक ढंगले परिणाममुखी हुनेगरी ल्याउन जरुरी रहेको उनले बताए।






Leave a Reply