धनगढीको सहिदगेट–राजघाट सडक दुई वर्षदेखि अलपत्र

धनगढीः धनगढीको सहिदगेट–राजघाट सडक निर्माणको ठेक्का २०७७ असार १४ गते सम्झौता भयो। तीन करोड ४७ लाखमा एक दशमलव २ किलोमिटर सडक निर्माण गर्न सम्झौता भएको हो।

बिज्ञापन

तर, अझै सडक निर्माणको काम  ६५ प्रतिशकत बाँकी छ। चालु आर्थिक वर्षको असारमा निर्माणको काम पूरा गर्नुपर्ने भए पनि सडकको ३५ प्रतिशत मात्र काम भएको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीजराज भट्टले बताए। उनले भने, ‘सडकको काम भएको छैन। ३५ प्रतिशत जति मात्रै काम भएको छ। अहिले काम सुरु भएको छ। असार मसान्तसम्म समय छ।

धनगढी उपमहानगरपालिका र एड्भेन्चर निर्माण कम्पनीबीच सडक निर्माण गर्न सम्झौता भएको हो। निर्माण कम्पनीले दुई वर्षदेखि सडक निर्माणको काम अलपत्र पारेको हो। सडक निर्माणको काम अलपत्र पारेको निर्माण कम्पनीलाई कुनै कारबाही गरिएको छैन। सडक निर्माणको काम सुरु भएकाले असारसम्म पूरा हुने दाबी उपमहानगरपालिकाको छ। भट्टले भने, ‘काम नगरेको हो, म्याद छ। काम गर्यो भने त, असारसम्म सकिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *