काठमाडौँः आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो। यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले। आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए।
यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए। आजको खेलमा नेपाल जित निकाल्दै लिग–२ मा आफूलाई बलियो बनाउने योजनामा छ।
नेपाललाई विश्वकप छनोट हुन अब बाँकी ६ खेलमा जित निकाल्न आवश्यक छ। नेपालले एकदिवसीय मान्यता प्राप्त गर्न अब चार खेल जित्न आवश्यक छ।
Leave a Reply