यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

एजेन्सीः युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ।

अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल–तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ। सो हवाई आक्रमणमा परी एक अङ्गरक्षकसहित मृत्यु भएको त्यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

अल–तामिमीले हालै भाडामा लिएको उत्तरी प्रान्त मारिबको एउटा घरलाई निशाना बनाएर गरिएको हवाई हमला स्पष्ट रूपमा अमेरिकी भएको अधिकारीले बताएका छन्। एक मारिब सरकारी अधिकारीले पनि मृत्युको पुष्टि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *